मानवअधिकार तथा शान्ति समाजले २१ जिल्लामा विशेष अभियान चलाउँदै

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले विशेष अभियान अन्तर्गत चैत १७ गतेदेखि २१ जिल्लामा कार्यक्रम आयोजना गर्ने भएको छ । मानवअधिकार, शान्ति लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्थाका रुपमा रहेको संस्थापक सभापति कृष्ण पहाडीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैरसरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण नगरेको समेत बताए । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।
२०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको यो संस्थाले ‘हिमालय बचाउँ,नदी जोगाउँ भन्ने आह्वान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा/सबैको अधिकार, लागू औषध/मदिरा दुव्र्सन विरुद्ध अभियान र युद्ध निषेध , शान्ति विशेष अभियानमा केन्द्रीत रहि शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशमा अभिया आयोजना गरि प्रदर्शन र कोण सभा गर्ने भएको छ । विश्व शान्तिको आह्वानसहित लुम्बिनी र मुक्तिनाथमा दिप प्रज्वलनको कार्यक्रम रहेको छ ।
अभियान अन्तर्गत तीनवटा अवधारणापत्रहरु हजारौं प्रति वितरण गरिने र प्रदर्शन पश्चात कोण सभाहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापति कृष्णबहादुर रावललगायत शान्तिवादीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया