सोमबार, वैशाख २४, २०८१

तिमी हारिसकेका छौं

सुवास ढकाल २०७८ चैत ११ गते १२:४२

लाख प्रयास गर तिमीले जित्दैनौं
तिमी हारिसकेका छौं
तिमीले जित्दैनौं
संसारको मन
बम पडकाएर, मानिस मारेर जितिदैन,
तिमीले जित्दैनौं
बालबालिका र महिलाहरुलाई
विस्थापित गरेर कुनै युद्ध जितिदैन
वृद्ध बा-आमाको सहारा खोसेर
कुनै युद्ध जितिदैन
तिमीले जित्दैनौं
तिमीले हारिसकेका छौं
तिमीले जित्दैनौं
अरुको घरमा पसेर
लज्जित मात्र हुनुपर्छ
युद्ध जितिदैन
अरुको स्वाभिमान कुल्चन सकिदैन
पराजित हुनुपर्छ
तिमीले जित्दैनौं
तिमी हारिसकेका छौं
तिमीले जित्दैनौं ।
स्वतन्त्रतालाई हराउन सकिदैन
शान्तिलाई विस्थापित गर्न सकिदैन
मानिसक‍ो जिवनक‍ो महत्त्व छ
मानिसलाई पराजित गर्न सकिदैन
तिमीले जित्दैनौं
राक्षसहरुले नै युद्ध गर्छन
र पराजित हुन्छन्
यो युद्ध तिमीले जित्दैनौं
राक्षसहरुले युद्ध जित्दैनन्
तिमीले जित्दैनौं ।

प्रतिक्रिया