भारतका लागि नेपाली राजदूत शर्माद्वारा शपथ ग्रहण

नेपालखोज २०७८ चैत ११ गते १४:५४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया