शुक्रबार, वैशाख २८, २०८१

ढाड कम्मर दुख्दा गर्नुपर्ने सलभासन !

डा. हेमराज काेइराला २०७८ चैत १२ गते १९:५५

जीवनको कनै न कुनै कालखण्डमा ढाड–कम्मर दुख्ने समस्याले तपाई हामी जो कोही पनि ग्रसित भएको हुनुपर्छ । ढाड-कम्मर दुख्ने समस्या एक आमसमस्या भएता पनि यसको कारण अनेक हुन सक्छन् । ती कारणहरूमध्ये केही सामान्य एवं आम कारणहरू छन् भने केही कारणहरू एदाकदा देखापर्ने एवं विरलै घटित हुने कारणहरू छन् ।

आम कारणहरूमा मांशपेशीहरूको जकडन, ईन्टर–भर्टेब्रल–डिक्सको चोट–पटक, बल्ज, ढाडको हड्डि खिईने रोग, नसा च्यापिने रोग, साईटिका, स्पाईनल क्यानल सागुरिने रोग, अष्टियो पोरोसिस, ढाड बाङ्गिने जस्ता रोगहरू पर्छन् भने विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डिको टीबी एङ्ककोलाईजिङ्ग स्पोन्डाईलाईटिस, क्यानसर आदि पर्छन् ।

ढाड कम्मर दुख्ने समस्याको धेरै जस्तो अवश्थामा योग चिकित्साको विशेष भूमिका हुन्छ । त्यसमा पनि निम्मलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाइबाट छुटकारा पाउन विशेष महत्व छ।

सलभासन : संस्कृत भाषामा फट्याङ्गोलाई सलभ भनिन्छ । यो आसनको अभ्यास गर्दा शरीर स्थिति फट्याङ्गा्रको जस्तो देखिने भएकाले यस आसनलाई सलभास भनिएको हो ।

सलभासन गर्ने विधि :

क) यो आसन पनि घोप्टो सुतेर गरिने आसन भएकालो भुइमा चटाई वा योगा म्याट विच्छ्याएर घोप्टो परेर सुत्नुहोस् ।

ख) अब दुई गोडालाई आपसमा जोड्नुहोस् । र हातहरुलाई शरीरसँग टास्नुहोस् र चिउडोलाई जमिनमा स्थापित गर्नुहोस् ।

ग) अब दुवै हातको हत्केलाहरुलाई मुठी कसेर तिघ्रा मुनि लगेर राख्नुहोस् ।

घ) अब लामो गहिरो श्वास लिदै दुवै खुट्टालाई नमोडिकन सिधै अधिकतम माथि उठाउनुहोस् ।

ङ) उठाउँदा कम्मरभन्दा तलको भागमाथि उठाउन सक्नेहरूले कम्मरभन्दा माथिको भागलाई पनि उठाउन सक्दछन् ।

च) अन्तिम स्थितिमा सामान्य श्वास–प्रश्वासमा ३० सेकेण्ड जति उभिनुहोला । छ) केही बेर अडिए पछि आसन लगाएको क्रममा फुकाउँदै जानुहोस् ।

ज) यो अभ्यासलाई २/३ चोटी दोहर्याउनुहोला ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया