बिहीबार, जेठ ३, २०८१

‘भौतिकताबाट पर जानु नै रूपान्तरण हो’

सदगुरु २०७८ चैत १२ गते ८:१७

-बुद्धिको आधार स्मृति हो, र यो सानदार साधन हो । यद्यपि, यसले जानकारी दिन मात्र सक्छ- यसले रूपान्तरण गर्न सक्दैन ।

-जो व्यक्तिले अस्तित्वको सम्पूर्णता श्रवण गर्दछ, उसको निम्ति सबैथोक सङ्गीत बन्दछ ।

-योगमा हुनुको अर्थ अस्तित्वसँग एक हुनुको अवस्था अनुभव गर्नु हो ।

-तपाईं कति सफल हुनुहुन्छ भन्ने कुरा मूलत: तपाईंले आफ्नो शरीर र मनलाई कति राम्रोसँग उपयोग गर्न सक्नुहुन्छ भन्नेमा निर्भर गर्दछ ।

-डर, अचेतन हुनुको परिणाम हो । डर वा भयले हामीलाई सुरक्षित बनाउँदैन । हामी सचेतन भयौँ भनेमात्र, हामी परिस्थितिहरू व्यवस्थित गर्न सक्छौँ ।

-भौतिकताबाट पर जानु नै रूपान्तरण हो । तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यसबाट माथि उठिरहनु भयो भने, एकदिन, तपाईंमा विशाल रूपान्तरण हुनेछ ।

-तपाईं आफ्नो पैसा, आफ्ना सम्बन्धहरू वा आफ्नो परिवारलाई बीमा नठान्नुहोस् । तपाईंसँग भएको एकमात्र बीमा भनेको आफूलाई विभिन्न स्तरहरूमा कसरी ठीक राख्ने भनेर जान्नु हो । यही योग हो ।

-मेरो निम्ति, जीवन भनेको तपाईंले के गर्नुहुन्छ भन्ने कुरासँग सम्बन्धित हुँदैन, बरु यो सम्पूर्ण रूपमा तपाईं त्यसलाई कसरी गर्नुहुन्छ भन्नेबारे सम्बन्धित हुन्छ ।

-यदि तपाईं सान्त्वना खोजिरहनु भएको छ भने, विश्वास प्रणालीहरू ठीक छन् । तर, यदि तपाईं समाधान खोजिरहनु भएको छ भने, तपाईंले खोज गर्नुपर्छ ।

-डाह र ईर्ष्याको मूल प्रकृति भनेको अपूर्ण वा अधुरो हुनुको भावना हो । यदि तपाईं साँच्चिकै आनन्दित हुनुभएको भए, तपाईंलाई कसैप्रति पनि ईर्ष्या हुने थिएन ।

-गन्तव्य चाहे कठिन होस् वा सहज, तपाईं जहाँ जान चाहनुहुन्छ, कहिल्यै त्यसबाट आफ्नो ध्यान विचलित नगर्नुहोस् ।

-सबैजनाको खुसियालीको निम्ति ध्यान दिनुको सट्टा मानिसहरू आफ्नै सानातिना सुखमा बढी केन्द्रित हुन्छन् । हामीले विश्वमा यही कुरा परिवर्तन गर्नुपर्छ ।

प्रतिक्रिया