सोमबार, वैशाख २९, २०८२

आईपीएल आजबाट सुरु हुँदै

नेपालखोज २०७८ चैत १२ गते ७:४९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एक खेल हुनेछ ।

वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गर्न चाहन्छ । चेन्नई र कोलकत्ताबीचको खेलमा चेन्नई हाबी हुँदै आएको छ ।

गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया