निर्वाचन आयोगले आइतबार मतदाता नामावली सार्वजनिक गर्दै
नेपालखोज
२०७८ चैत १२ गते १२:३८

काठमाडौं । निर्वाचन आयोगले आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताए ।
आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्तदुरुस्त राख्न निर्देशन पनि दिएको छ ।
आयोगले यस पटक करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो । आयोगले मतपत्र छपाइको मेसिन खरिद गरे पनि उक्त मेसिनबाट सम्भव नहुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया