मधेश प्रदेशद्वारा ठोरीलाई पर्यटकीय स्थल घोषणा

नेपालखोज २०७८ चैत १२ गते १३:३१

काठमाडौं । मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ । हिजो ठोरीमा बसेको मन्त्रीपरिषद्को बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताए । उनले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताए ।

मुख्यमन्त्री राउतले प्रदेशले आगामी दिनमा क्रमशः पर्यटकीय गन्तव्यका रुपमा अन्य आकर्षित स्थानहरुलाई प्राथमिकतामा राखेको पनि बताए । तराई मधेसको ‘मिनी उपत्यका’को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको हो ।

प्रतिक्रिया