सत्ता गठबन्धन झारपातहरुको मोर्चा : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेविरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएक हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सँग एक्लै लड्न नसक्ने बुझेपनि सबै मिलेर एमालेसँग लड्न सकिदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गरे । उनले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरुलाई साथमै लिएर गएपनि एमालेलाई फरक नपर्ने बताए । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिए । उनले भने, ‘शेरबहादुर देउवाजीले सही बुझे, आधा सहि बुझे ,एक्लै एमालेसँग लड्न सकिदैन भन्ने बुझे । आधा के बाँकी रह्यो भने सबै मिलेर पनि एमालेसँग लड्न सकिँदैन भन्ने चाहीँ बुझेनन् । त्यतिचाहीँ बाँकी रह्यो । एक्लै त सकिदैन, सकिँदैन । सबै मिलेपनि सकिदैन । पाँच वटाले पुग्दैन भने दर्ता भएका जति सबै दल साथमै लिएर गएपनि हुन्छ । ति सबै दल मोर्चा कसेर एमालेका विरुद्ध आएपनि हुन्छ । यिनीहरुको मोर्चा भनेको हलोमा लाग्ने लुँडी जस्तो हो झारपातहरुको मोर्चा ।’
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफुले सुधार्न नसकेको माओवादीलाई पखालेर बागमती नै मैलिएको उनले टिप्पणी गर्दै युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको बताए । अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भुमिका खेल्नुपर्ने र मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया