‘कांग्रेससँग अरू दलकाे तुलना हुनै सक्दैन’

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेकाे पार्टी नेपाली कांग्रेससँग अरू दलहरुकाे तुलना हुनै नसक्ने बताए । नेपाली कांग्रेसकाे एकमहिने अभियान अन्तरर्गत आज राजधानीकाे बानेश्वरमा आयाेजित कार्यक्रम बाेल्दै उनले उक्त कुरा बताएका हुन् ।
वर्तमान सत्ता गठबन्ध कांग्रेसकाे चाहाना नभइ मुलुकाे वाध्यातामक अवस्थाकाे कारण बनेकाे भन्दै संविधान र लाेकतन्त्र माथि प्राहार भयपछि परिस्थितिलाई समालेर संविधान र लाेकतन्त्रकाे रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानूपर्ने बाध्यता कांग्रेसलाई आइ परेकाे कुरा बिर्सन नहुने बताए छन् ।
स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुकत निर्णय लिनेसमेत बताएका छन् । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानूपर्नेसमेत बताएका छन् । कांग्रेस सबै कमिटीहरुले उम्मेद्वार सिफारी गर्दा विधानकाे परिधिभित्र रहेर गर्नसमेत आग्रह गरेका छन् । टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जस्ले पाउँछ त्याे पार्टीकाे उम्मेद्वार हुने भयकाले सबै एकढिक्का भएर जिताउन लाग्नुपर्नेसमेत बताएका छन् ।
वर्तमान सरकारकाे मुख्य दायित्व भनेकै संविधानलाई ट्रयाकमा लाउन र संविधान र कानुन बमोजिम समय सीमाभित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार ताेकियकै समयमा निर्वाचन गराउन लागिरहेकाे र मुलुकाे ध्यान निर्वाचन केन्द्रित भइसकेकाेसमेत बताएका छन् ।
नेपाली नागरिकले विगतमा अवसर पाउँदा कुन दलले कस्ताे काम गरे त्यसकाे मुल्यांकन गर्ने बेला आएकाे बताएका छन् । अब सबै कांग्रेसका नेता कार्यकर्ताहरुले जन्ताकाे घर-घर पुगेर मुलुक र जन्ताकाे लागि स्पष्ट अडान परिवर्तनकाे नेत्रित्व गरेकाे अवसर पाउँदा सबैलाई मिलायर काम गर्न सक्ने दल कांग्रेसनै भयकाले कांग्रेसलाई जिताउन लाग्नसमेत आग्रह गरेका छन् । सार्वजनिक बहसमा सभागि भयर कांग्रेसले गरेका कामका बारे प्रचारप्रसारमा लाग्न पर्नेसमेत उनकाे धारणा रहेकाेछ ।
तस्बिर : युपी लामिछानेको फेसबुकबाट ।

प्रतिक्रिया