मंगलबार, वैशाख १६, २०८२

बिमा समितिको पछिल्लो व्यवस्था धेरैवटा बिमा कम्पनीका लागि किन बन्यो फलामको चिउरा ?

नेपालखोज २०७८ चैत १३ गते १३:४०

काठमाडौं । बिमा समितिको चैत १० गते बिहिबार बसेको बोर्ड बैठकले बिमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पुँजीबृद्धि सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्यायो । व्यवस्थाअनुसार २०७९ चैत्त मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले पाँच अर्ब र निर्जिवन बिमा कम्पनीहरुले दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने छ ।

पुरानो व्यवस्थाअनुसार भने जीवन बिमाको दुई अर्ब र निर्जिवन बिमाको एक अर्ब रुपैयाँ चुक्ता पुँजी हुुनुपर्ने व्यवस्था रहेको थियो । तर पछिल्लो पटक जारी भएको नयाँ व्यवस्था अनुसार बिमा कम्पनीहरुले अबको एक बर्षभित्र हाल कायम रहेको चुक्ता पुँजीको दोब्बरले बृद्धि गर्नुपर्ने भएको छ । यसको लागि सम्वन्धीत कम्पनीहरुले अबको एक महिनाभित्र पुँजी बृद्धिको योजना बिमा समितिको पेस गरिसक्नुु पर्ने छ । बिमा समितिको न्युनतम चुक्ता पुँजीबृद्धि सम्वन्धी पछिल्लो व्यवस्था धेरैवटा बिमा कम्पनीहरुको लागि फलामको चिउरा चपाए जत्ति कै भएपनि नेपाल लाईफ इन्स्योरन्स कम्पनीलाई भने न्युनतम चुक्ता पुँजीबृद्धि सम्वन्धी व्यवस्थाले खासै असर नै गरेको छैन । हाल कै अवस्थामा पनि नेपाल लाईफको चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँको हारामारीमा रहेको छ । यो अवस्थामा अन्य बीमा कम्पनीहरुको चुक्ता पुंजी भने एक देखि दुई अर्ब रुपैयाँको हाराहारीमा रहेको र कतिपय बिमा कम्पनीहरुको चुक्ता पुँजी ३० करोड रुपैयाँ भन्दा पनि कम रहेको छ । जसले गर्दा हकप्रद र बोनस सेयर जारी गरेकै आधारमा पनि अबको एक बर्षभित्र ति कम्पनीहरुले न्युनतम चुक्ता पुँजी कायम गर्न नसक्ने अवस्था देखिएको हो ।

बिमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो त्रैमासिक अपरिष्कृित वित्तीय विवरण अनुसार रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने सुर्या लाईफको चुक्ता पुँजी दुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यसअवधिमा एनएलजी, युनाईटेड र हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी भने क्रमशः एक अर्ब २० करोड ६० लाख, दुई अर्ब १० करोड २८ लाख र एक अर्ब १० करोड रुपैंयाँ रहेको छ । प्राईम लाईफ, प्रभु लाईफ, रिलायन्स लाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशनको चुक्ता पुँजी भने क्रमशः दुई अर्ब ४१ करोड ७० लाख, दुई अर्ब, दुई अर्ब १० करोड र दुई अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ । अजोड, जनरल, सगरमाथा र सानिमा जनरल इन्स्योरन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः एक, एक, एक अर्ब ११ करोड १३ लाख र एक अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी सिटिजन लाईफ, ज्योति लाईफ र सानिमा लाईफको चुक्ता पुँजी भने क्रमशः एक अर्ब ७५ करोड, दुई अर्ब २० करोड र दुई अर्ब रुपैयाँ रहेको छ । लुम्विनी जनरल, शिखर, एभरेष्ट र सिद्धार्थ इन्स्योेरेन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः एक अर्ब १९ करोड ८९ लाख, एक अर्ब ७५ करोड ८५ लाख, एक अर्ब १८ करोड ३६ लाख र एक अर्ब १२ करोड रुपैंयाँ रहेको छ । सन नेपाल लाईफ, एशियन लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः एक अर्ब ४० करोड, दुई अर्ब एक रकोड र एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

कुन बिमा कम्पनीको चुक्ता पुँजी कति हेर्नुहोस यस्तो छ, पछिल्लो अवस्था (रकम रु हजारमा)
कम्पनीको नाम चुक्ता पुँजी
१ नेपाल लाईफ इन्स्योरेन्स ७१९९९७०.६६
२ रिलायवल नेपाल लाईफ इन्स्योरेन्स १४०००००
३ शुर्या लाईफ इन्स्योरेन्स २५५०२८२
४ एनएलजी इन्स्योरेन्स १२०६०१३
५ युनाईटेड इन्स्योरेन्स २१०२८१६
६ हिमालयन जनरल इन्स्योरेन्स ११००३३७
७ प्राईम लाईफ इन्स्योरेन्स २४१७०५७
८ प्रभुु लाईफ इन्स्योरेन्स २००००००
९ अजोड इन्स्योरेन्स १००००००
१० रिलायन्स लाईफ इन्स्योरेन्स २१०००००
११ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २२११०००
१२ जनरल इन्स्योेरेन्स कम्पनी १००००००
१३ सिटिजन लाईफ इन्स्योरेन्स १७५००००
१४ सगरमाथा इन्स्योरेन्स ११११३५७
१५ सानिमा जनरल इन्स्योरेन्स १००००००
१६ ज्योति लाईफ इन्स्योरेन्स २२०००००
१७ सानिमा लाईफ इन्स्योरेन्स २००००००
१८ सन नेपाल लाईफ इन्स्योरेन्स १४०००००
१९ लुम्बिनी जनरल इन्स्योरेन्स ११९८९००
२० शिखर इन्स्योरेन्स कम्पनी १७५८५२४
२१ एभरेष्ट इन्स्योरन्स कम्पनी ११८३६०४
२२ सिद्धार्थ इन्स्योरेन्स कम्पनी ११२००००
२३ एशियन लाईफ इन्स्योरेन्स २०१०७६.७२
२४ महालक्ष्मी लाईफ इन्स्योरेन्स १४०००००
२५ प्रभुु इन्स्योरेन्स कम्पनी ११६१९०२
२६ राष्ट्रिय बीमा संस्थान १८१०२०
२७ प्रुडेन्सीयल इन्स्योेरेन्स ११०८५४७
२८ आईएमई लाईफ इन्स्योरन्स १४०००००
२९ गुराँस लाईफ इन्स्योरेन्स २०८४२५०
३० युनियन लाईफ इन्स्योरेन्स २१५००००
३१ नेशनल लाईफ इन्स्योरेन्स ३३९०८८९.२०
३२ प्रिमियर इन्स्योरेन्स १०७४५६०
३३ आईएमई जनरल इन्स्योरेन्स ११५७५८६
३४ नेपाल इन्स्योरेन्स १२४२३३९
३५ नेको इन्स्योरेन्स १३१७४३२
३६ राष्ट्रिय बीमा कमपनी २६६६३९
३७ रिलायवल नेपाल लाईफ इन्स्योरेन्स १४०००००
(श्रोत सम्वन्धी बिमा कम्पनीहरुको अपरिष्कृत वित्तीय बिवरण)

प्रतिक्रिया