सोमबार, असार ९, २०८२

जगदम्बाका उत्पादनहरु इतिहासमै पहिलोपटक तेस्रो देश निर्यात

नेपालखोज २०७८ चैत १३ गते १६:४५

काठमाडौं । देशकै अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको हो ।

यसैबीच जगदम्बा स्टिल्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर शाइन बजारमा ल्याएको छ । कम्पनीले केही समयअघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो । प्रतिष्ठित निर्माण समूह शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३००० मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।

जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम-जिंक कोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग छ जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप सुनिश्चित गर्दछ । जगदम्बा ग्याल्भा प्लसको प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो । जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधि सहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति रोक्दछ र यसलाई टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्दछ ।
अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम–जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा+ उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्दछ । भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा+मा रहेको हुन्छ । उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा+ले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्दछ । जगदम्बा ग्याल्भा+ले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्दछ । स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ ।

जगदम्बा सुपर शाइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्दछ जसले थप सुरक्षा प्रदान गर्दछ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्दछ । अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १–२ वर्षमा छाना पुरानो देखिन थाल्छ । यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने सुनिश्चित गर्दछ । ग्राहकहरूमाझ गुणस्तरीय उत्पादन पु¥याने उद्देश्यले जगदम्बा ग्याल्भा+ विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिन्छ । जगदम्बा सुपरशाइनको सतहमा एक सुरक्षात्मक “गार्ड फिल्म“ को प्रयोग गरिएको हुन्छ जसले गर्दा ढुवानी र भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्छ। पर्यावरण मैत्री सामग्री एवं पर्यावराण मैत्री उत्पादन प्रक्रिया मार्फत जगदम्बा ग्याल्भा+ र जगदम्बा सुपर शाइन उत्पादन हुन्छ ।

ग्याल्भा+को प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ । साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ । जगदम्बा ग्याल्भा+, प्रिमियम एल्युमिनियम–जिंक कोटेड शिट जसलाई ग्याल्भल्युम पनि भनिन्छ, एक अलोय कोटिङ गरिएको उत्पादन हो जसमा तौलको हिसाबले ५५% एल्युमिनियम, ४३.५% जिंक र १.५% सिलिकन मिश्रित हुन्छ । जगदम्बा ग्याल्भा+ नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो जसले फलामलाई अक्सिडेशनबाट बचाउँदछ र परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँदछ । विभिन्न रंगको विकल्पमा उपलब्ध यही ग्याल्भा+लाई भने जगदम्बा सुपर शाइनको नाम दिइएको छ । नाम र रंगमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै हुन् । विभिन्न आकर्षक रंगले कोटिङ गरिएको जगदम्बा सुपर शाइन जस्ता पाताहरू कच्चा मालको रूपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिन्छ । एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टील भन्दा भिन्न बनाउँदछ ।

नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टील्सले विभिन्न प्रकारका स्टील उत्पादन बजारमा ल्याई उत्पादन विविधिकरणको कोशेढुङ्गा पार गरिसकेको छ । साथै, यस कम्पनीले देशको माग अनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै कुल घरेलु उत्पादन तथा कर योगदानमा पनि विशेष सहायता दिँदै आएको छ । उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टील्स ग्याल्भा+ पश्चात् पनि थप अत्याधुनिक निर्माण सामाग्री यहाँको बजारमा ल्याउन प्रतिबद्ध छ । हाल जगदम्बा स्टील्सले एक लाख ३२ हजार टन प्रतिवर्ष (०.३५ ह १२५०) ग्याल्भा+ र एक लाख दस हजार टन प्रतिवर्ष (०.३५ ह १२५०) सुपर शाइन उत्पादन गर्दै आएको छ ।

शंकर ग्रुप
शंकर बिभिन्न क्षेत्रमा काम गर्ने नेपालको एक विश्वव्यापी बहुआयामिक समूह हो। यस कम्पनी दक्षिण एशियाली क्षेत्रको उत्पादन, व्यापार र सेवामा समर्पित छ । यसका व्यवसायहरू विश्वव्यापी रूपमा प्रसिद्ध व्यवसायीहरूसँग जोडिएका छन् जो आ–आफ्नो क्षेत्रहरूमा प्रसिद्ध छन् । यस कम्पनीले राष्ट्रिय अर्थतन्त्र र समुदायको सेवा गरेर आफ्नो व्यवसाय बढाउन आफ्नो उद्यम र स्रोतहरू प्रयोग गर्दछ जसका कारण शंकर ग्रुप राष्ट्रिय कोषमा सबैभन्दा बढी योगदानकर्ताहरूमा गनिएको छ ।

प्रतिक्रिया