मंगलबार, वैशाख १६, २०८२

२२ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ चैत १३ गते १६:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने चैत्र १५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सोमध्ये २८ दिने, ९१ दिने र एक सय ८२ दिने ट्रेजरी पुरानो नविकरण अन्तर्गत रहेका छन् भने तीन सय ६४ दिने ट्रेजरी नयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ बैशाख १३ गते, २०७९ असार १४ गते, २०७९ असोज ११ गते र २०७९ चैत्र १४ गते तोकिएको छ । यसअघि यही चैत्र सात गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया