स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्नुपर्छ : महत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । आईतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताए । उनले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने र अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताए । प्रवक्ता महतले भोलि (सोमबार) स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने स्पस्ट पारे ।

प्रतिक्रिया