ओलीको आरोप- आयोग सत्ताधारी दलहरुलाई फाइदा पुग्ने गतिविधिमा संलग्न

नेपालखोज २०७८ चैत १३ गते १९:२८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरुलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचनको मत पत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाईदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्तिसमेत जनाए । आज बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगको गतिविधिप्रति आशंका गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको पनि बताए ।

निर्वाचन आयोगले दलहरुसँग छलफलसमेत नगरी निर्णय गर्दै जाने काम गर्न नहुने पनि पटक-पटक अध्यक्ष ओलीले दोहोर्‍याए । अध्यक्ष ओलीले अटेर नगरी दलहरुको परामर्शको आधारमा मात्रै स्थानीय तह निर्वाचन सम्बन्धी निर्णयहरु गरेर अघि बढन पनि निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया