‘धार्मिक व्यक्तिले अधार्मिक व्यक्तीलाई नेतृत्वकर्ताको रुपमा स्वीकार गर्न सक्दैन’

नेपालखोज २०७८ चैत १३ गते २०:०४

काठमाडौं । अभिनेता निखिल उप्रेतीले सबैलाई एक पटक ग्रन्थ पढ्न आग्रह गरेका छन्। वीरगंजस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले एक धार्मिक व्यक्तिले अधार्मिक व्यक्तीलाई कहिलै पनि नेतृत्वकर्ताको रुपमा स्वीकार गर्न नसक्ने बताउँदै सबैलाई एक पटक ग्रन्थ पढ्न आग्रह गरे ।

साथै अहिले हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको पनि उनले बताएका छन् । उनले आफ्नो धर्मको रक्षा गर्नका लागि सबै एक्यवद्ध हुनुपर्ने बताए । उनले अब राजनीतिक कुरा नउठेसम्म हिन्दू धर्मको रक्षा नहुने पनि बताए ।

त्यस्तै, राजनितिक विश्लेषक डा.देवेश झाले मुलुकमा धर्मनिरपेक्षताको नाममा हिन्दू धर्म समाप्त पार्ने सड्यन्त्र भइरेको बताए । उनले हिन्दू धर्म आफूहरुको पहिचान भएकाले समयमै नेपाल हिन्दू राष्ट्र कायम हुन नसके यसको अस्तित्व नै समाप्त हुने बताए ।

त्यस्तै कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले विश्वको एक मात्र नेपाल हिन्दू राष्ट्र भएकोमा यसको पहिचानसमेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । उनले विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया