शुक्रबार, वैशाख १४, २०८१

अटो दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो

नेपालखोज २०७९ चैत १२ गते २०:५१

रुकुम । रुकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीनजनालाई बाँकेको कोहलपुर पठाइएको छ । मुसिकोट नगरपालिका-५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको हो ।

जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार अटो चालक रोशन बिष्ट, मुसिकोट-३ की वडा सदस्य खीमा खड्का र मुसिकोट-१४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगिएको हो । रोशन र खीमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । सरिताको अवस्था भने सामान्य रहेको बताइएको छ ।

आज मुसिकोट नगरपालिका–५ को सेरिगाउँदेखि वडा नं १४ को खेता कुना भन्ने ठाउँका लागि गइरहेको रा१ह ७१९९ नंको अटो सेरिगाउँ नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

उक्त अटोमा चालकसहित छजना सवार थिए । घाइतेमध्ये तीनजनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया