बिहीबार, जेठ ३, २०८१

करियरमा भाग्यमानी राशि !

नेपालखोज २०७८ चैत १४ गते ७:५५

सबैजसो मानिस करियरमा सफलता हासिल गर्न चाहन्छन् । त्यसका लागि उनीहरु कडा मिहिनेत पनि गर्छन् । यसक्रममा कसैले सानै प्रयासमा सफलता हासिल गर्छन् भने कसैले लाख प्रयास गरे पनि सफलता पाउँदैनन् । ज्योतिष शास्त्रमा केही यस्तै राशिको चर्चा गरिएको छ जुन राशिका स्वामिहरु करियरका मामिलामा भाग्यमानी हुन्छन् । यिनिहरुलाई मिहिनेतको भरपूर फल प्राप्त हुन्छ ।

मेष : यो राशिका मानिसहरुमा राम्रो नेतृत्व क्षमता हुन्छ । यिनीहरुमा भरपूर आत्मविश्वास पनि पाईन्छ । मेष राशिका स्वामिहरु हरेक काम मिहिनेतका साथ गर्छन् र त्यसमा सफलता पनि हासिल गर्छन् । यिनिहरु जुन काम हातमा लिन्छन त्यसमा सफलता हासिल गरेरै छाडछन । करियरको मामिलामा यिनीहरुलाई भाग्यमानी मानिन्छ ।

वृश्चिक : यो राशिका मानिसहरुले करियरमा छिटो सफलता हासिल गर्छन् । यिनिहरु निकै मिहिनेती तथा बुद्धिमान हुन्छन् । यिनिहरुले जुन क्षेत्रमा करियर बनाउन चाहन्छन त्यसमा सफलता हासिल गरेरै छाडछन । यिनिहरु निकै क्रिएटिभ पनि हुन्छन । यिनीहरुको आर्थिक स्थिति सामान्यत: राम्रो रहन्छ ।

कुम्भ : यो राशिका मानिसहरु निकै ईमानन्दार तथा मिहिनेती हुन्छन । यिनिहरु हर काम निष्ठाका साथ गर्छन् । कुम्भ राशिका स्वामिहरुले आफ्नो मिहिनेतको बलमा कुनै पनि काममा सफलता हासिल गर्न सक्छन् । करियरको मामिलामा यिनिहरुलाई लकी मानिन्छ ।

मकर : मकर राशिका मानिसहरु बुद्धिमान तथा मिहिनेती हुन्छन् । यो राशिमा शनि ग्रहको प्रभाव रहन्छ । यिनिहरुले मिहिनेत गरेर कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छन् । यिनीहरुलाई भाग्यले पनि साथ दिन्छ । समाजमा यिनीहरुको अलग पहिचान हुन्छ । यिनीहरुले सबै ठाउँमा मान-सम्मान प्राप्त गर्छन् ।

प्रतिक्रिया