आइतबार, जेठ ६, २०८१

२०२३ मा सिंह राशिको भविस्य

नेपालखोज २०७९ पुष १८ गते ७:३९

नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं सिंह राशिका लागि यो वर्षको भविस्य

सिंह राशि हुने जातकका लागि नयाँ वर्ष २०७९ साल सामान्य रहनेछ । वर्षारम्भमा कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ने हुन्छ भने मेहनतअनुसार काममा सफलता मिल्नेछ । विदेश गएर पढ्न रहर गर्ने छात्रछात्राको सपना पूरा हुनेछ । वाकपटुता र बौद्धिक कौशल वृद्धि हुनेछ । परिवारमा एकता स्थापित भै एकअर्काप्रति प्रेम र सद्भाव बढ्नेछ । पिताको साथसहयोग मिल्नेछ, तर उहाँको कार्यक्षेत्र र स्वास्थ्यस्थितिमा भने समस्या देखा पर्नसक्छ ।

प्रेमसम्बन्ध, वैवाहिक जीवन एवं पारिवारिक सुखमा केही निरसता देखिनेछ । आम्दानीमा सहजता भए पनि खर्चको मात्रामा पनि बृद्धि भैरहनेछ । स्वास्थ्य बलियो देखिन्छ । वर्षको अन्त्यतिर शनिको प्रभावले पारिवारिक झैझगडा र कलहको परिस्थिति सिर्जना गर्नेछ । समग्रमा यो वर्ष उन्नतिकारक वर्ष हो । घरपरिवारमा खुसीको वातावरण देखिनेछ । रोकिएको वा फँसेको धन हात पर्नेछ । विदेश वा वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ पाइनेछ । आर्थिक उन्नतिका लागि गरिएको प्रयासमा सफलता हात लाग्नेछ ।

सङ्गीत, गायन, चित्रकला वा मनोरञ्जक क्षेत्रमा रुचि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीहरुसँगको पारस्परिक सम्बन्धमा सौहार्द्रता देखिनेछ । सम्पत्ति खरीदबिक्रीका लागि समय उचित छ । विद्यार्थीहरुको उच्चशिक्षा वा वैदेशिक कामधाममा राम्रो सम्भावना छ । यो प्रेमसम्बन्धका लागि तालमेल र सामञ्जस्य कायम हुने समय हो । सन्तानको उन्नतिको बाटो खुल्नेछ । विरोधी पक्षको दबाबमा कमी आउनेछ । दाम्पत्य सुखमा बृद्धि हुनेछ ।

तीर्थस्थलको वा विदेश यात्राको योग छ । व्यवसायिक उन्नतिका साथ व्यक्तित्व विकासको राम्रो योग जुटेको छ । परिवारमा सँगै बस्नेहरुक‍ो तुलनामा घरबाहिर बस्नेहरुका लागि समय अझ राम्रो देखिन्छ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया