राष्ट्रपति भण्डारी आज पोखरा जाँदै
नेपालखोज
२०७८ चैत १४ गते १०:०५

काठमाडौं । स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा शुरु हुँदैछ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा न्यायिक समितिका प्रमुखले कार्यसम्पादनका क्रममा देखिएका समस्या, उपलब्धि, र चुनौतीसँगै समाधानका उपायबारे धारणा राख्ने र सम्मेलनले आगामी दिनमा न्यायिक समितिलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावसहित पोखरा घोषणापत्र जारी गरिने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया