बुधबार, जेठ १, २०८२

चीनको शंघाई सहरमा लकडाउन

नेपालखोज २०७८ चैत १४ गते ११:१४

काठमाडौं । चीनको शंघाई सहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनको घोषणा गरिएको हो । अबको ९ दिनसम्म शंघाईमा दुई चरणमा लकडाउन हुने छ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ।

शंघाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन्। लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने खबरमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्र्रमण शून्य जस्तै रहेको चीनमा फेरि संक्रमण बढ्न थालेको छ । चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ ।

प्रतिक्रिया