राप्रपाले बनायो २० सदस्यीय कार्य सम्पादन समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित कार्य सम्पादन समिति गठन गरेका छन् । पार्टीको हाइकमान्डकारुपमा गठित २० सदस्यीय समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिए ।
पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरिएको हो । आज पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै समिति बनाइएको जानकारी दिए ।
कार्यसम्पादन समितिमा को-को छन् ?
१. अध्यक्ष राजेन्द्र लिङ्देन
२. उपाध्यक्ष बुद्धिमान तामाङ
३. उपाध्यक्ष बिक्रम पाण्डे
४. उपाध्यक्ष ध्रुबबहादुर प्रधान
५. उपाध्यक्ष रोशन कार्की
६. उपाध्यक्ष हेमजङ गुरुङ
७. उपाध्यक्ष मुकुन्द श्याम गिरी
८. महामन्त्री डा.धवल शमशेर राणा
९. महामन्त्री भुवन पाठक
१०. महामन्त्री कुन्तीकुमारी शाही
११. महामन्त्री राजेन्द्र गुरुङ
१२. महामन्त्री प्रल्हाद साह
१३. केन्द्रीय सदस्य दीपक बोहोरा
१४. केन्द्रीय सदस्य नवराज सुवेदी
१५. केन्द्रीय सदस्य हरिबहादुर बस्नेत
१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर
१७. केन्द्रीय सदस्य जयन्त चन्द
१८. केन्द्रीय सदस्य टंक ढकाल
१९. केन्द्रीय सदस्य ठाकुरप्रसाद शर्मा
२०. केन्द्रीय सदस्य ऋषिबाबु परियार


प्रतिक्रिया