फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

काठमाडौं । पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केहि समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेइहिकल प्रालिले जानकारी दिएको हो ।
कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन टुनल्याण्डले चिनिया गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विस्वासलाइ फोटोन कायम राख्ने छ ।
कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्क्रिस्ठ रहने कम्पनिले जनाएको छ ।
पावर, लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।








प्रतिक्रिया