३६ वर्षपछि क्यानडा कतार विश्वकपमा स्थान बनाउन सफल

काठमाडाैं । कतार विश्वकपमा क्यानडाले स्थान बनाएको छ। उतर मध्य अमेरिका छनोटअन्तर्गत आइतबार राति भएको खेलमा जमैकालाई ४-० ले पराजित गर्दै क्यानडा समुह ए मा शिर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो ।
यसअघि ३६ वर्षअघि १९८६ मा क्यानडाले विश्वकप खेलेको थियो । खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा टाजोन बुचाननले गोल गर्दै क्यानडालाई २-० को अग्रता दिलाए ।
८२ औं मिनेटमा जुनियर होइलेटले गोल गरेपछि क्यानडाको अग्रता तेब्बर बनाएको थियो। त्यसपछि खेलको ८८ औं मिनेटमा जमैकाका एड्रियन मारिप्पाले आत्मघाती गोल गरेपछि क्यानडा ४-० ले विजयी भयो ।
जितसँगै कोन्काफ क्षेत्रको छनोटमा क्यानडाले १३ खेलमा २८ अंक जोडेर शिर्ष स्थानमा आफुलाई उभ्याउँदा अमेरिका २५ अंकका साथ दोस्रो तथा मेक्सीको पनि २५ अंकका साथ तेस्रो स्थानमा रहेका छन् । जमैका ८ अंक जोडेर सातौं स्थानमा रहेको छ।
प्रतिक्रिया