विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति दिइने

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत दिने भएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत सुरु भएको बताए।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि विभागबाट दिन आर्थिक सहायता लगायत अन्य सेवा अनलाइनबाट सुरु गरिएको र श्रेष्ठले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मृत्यु र अंगभंग भएमा आर्थिक साहयता वा क्षेतिपूर्तिका लागि स्थानीय तहबाट नै अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको समेत स्पस्ट पारे।
वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली सोमबारबाट सञ्चालन आएको छ। मन्त्री श्रेष्ठले एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरेको र अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था रहेको छ।
त्यस्तै मन्त्री श्रेष्ठले लाइसेन्स प्राप्त मेनपावरहरुले वैदेशिक रोजगारीमा जाने श्रमिहरुलाई ठगि गरेको वा दुख दिएको थाहा पाए तत्काल कडा कारबाही गरिने बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक ऐन २०६४ संशोधन गर्ने तयारीमा रहेको र श्रम मन्त्रालयमा मन्त्री भएर आएपछि गरेका कामको बारेमा समेत जानकारी दिए ।

प्रतिक्रिया