पीएनजीलाई १५ रनले पराजित गर्दै नेपाल विजयी

काठमाडाैं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
लगातार २ वटा एक दिवसीयमा पराजित भएको नेपाललाई यो जितले भने केही राहत दिएको छ। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजी निर्धारित ओभरको ४ बल बाँकी हुँदा १६८ रन मात्रै बनाउन सक्यो । २९ बलमा ४ छक्का र ५ चौकाको मद्दतले नोमान भानुअले ५२ रनको अर्धशतकीय पारि खेल्दै पीएनजीलाई जीत नजिक लगेका थिए। तर उनी एलबीडव्ल्यू आउट भएपछि नेपालले राहत महसुस गरेको थियो।
पीएनजीका लागि लिगा सिकाले २१ रन बनाउँदा चार्लिस अमेनीले २२ रनको योगदान गरे । यस्तै, सेसे वोउ ३० रन जोड्दा नोरमान भानुको ब्याटबाट ५२ रन बन्यो, चाड सोपर १३ रनमा नटआउट रहे पनि हार टार्न पर्याप्त बनेन्।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिँदा अविनाश बोहोराले २ विकेट हात पारे। सोमपाल कामीको नाममा १ विकेट रह्यो।
नेपालले पीएनजीविरुद्व पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको छ। राम्रो सुरुवात गरेपनि नेपाल ११.३ ओभपरपछि भने लगातार विकेट पतनको सिकार हुँदा इनिङलाई आरिफ शेखले समालेका थिए । शेख अन्तिम बल अगाडि ३१ रन बनाएर आउट भएका थिए ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि २५ रनको साझेदारी गरे। भुर्तेल २० रनमा आउट भएपछि दोस्रो विकेटका लागि आसिफले रोहित पौडेलसँग ८० रनको साझेदारी गर्दै टीमलाई बलियो अवस्थामा पुर्याडए। तर त्यसपछि नेपालको लगातार विकेट पतन भएपनि समानजकन स्कोर तयार गर्न नेपाल सफल भयो ।
नेपालका लागि आसिफ शेखले ४३ रन बनाउँदा रोहित पौडेलले ३४ रन बनाए । त्यस्तै आरिफ शेख ३१ रनमा आउट हुँदा कुशल मल्ल ११ रन तथा करण केसी १४ रनमा पेभिलियन फर्किएका थिए । पपुवा न्युगिनिका लागि एलिए नाओ, चार्लेस अमिनी र चाद सोपरले २–२ विकेट लिंदा नोरमन भनुवा, र रिले हेकुरेले समान १-१ विकेट लिए।
केहि समयपछि पीएनजी जवाफि ब्याटिङका लागि मैदान उत्रिँदै छ। नेपालाई एकिदवसिय सिरिजमा २-० ले पराजित गरेकाले बलियो आत्माविश्वासलाई कायम राख्दै टी-२० मा पनि सोहि लय दोहर्याबउने उदेश्यका साथमा पिएनजी मैदानमा रहेको छ । यसअघि २०१५ भएको एक खेलमा पिएनजिले नेपाललाई पराजित गरेको थियो ।
उरालाई ५ रनमा लोकेस बमको हातबाट क्याच गराए। अर्का ओपनर लेगा सिएकालाई सोमपाल कामीले आरिफको हातमा क्याच थमाए ।
आक्रामक ब्याटिङ गरेका लेगाले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए। पीएनजीका कप्तान असद भाला १४ बलमा ७ रन बनाउँदा सन्दीप लामिछानेले आउट गरे। चार्ल्स अमिनीलाई २२ रनमा अविनास बोहराले बोल्ड गर्दा सेसे बाउलाई ३० रनमा सन्दीपले एलबीडब्लू धरापमा पारे । रिले हेकुरे ३ रन बनाउँदा जासन किलाले रनको खाता खोल्न सकेनन् । चाड सोपरले १३ रनको अविजित इनिङ खेले।
नेपालको जितमा करण र सन्दीप लामिछानेले ३/३ विकेट लिए। अविनाश बोहराले २ विकेट र सोमपालले १ विकेट हात पारे ।
प्रतिक्रिया