राप्रपाद्वारा केन्दीय सम्पादन समिति गठन
नेपालखोज
२०७८ चैत १४ गते २०:५८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसम्पादक समिति गठन गरेको छ । सो समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्दश्याम गिरी रहनुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सो समितिमा महामन्त्री डा धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रह्लादप्रसाद साह छन् । केन्द्रीय सदस्य दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टङ्क ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार पनि समितिमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया