बारको केन्द्रीय कार्यसमितिको निर्वाचन चैत १९ गते

काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन यही चैत १९ गते हुने भएको छ । निर्वाचनकै क्रममा आज प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका लागि आफ्नो नेतृत्वले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले न्यायपालिकालाई भ्रष्टाचाररहित, स्वतन्त्र, पारदर्शी र निष्पक्ष बनाउन आफ्नो समूहको उम्मेदवारी रहेको बताए । अध्यक्षसहित ११ पदाधिकारी तथा सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुन गइरहेको छ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता छन् ।
उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका छन् । यो वर्ष अन्य पेशामा आबद्ध भएका दुई हजार ५०० कानून व्यवसायीको नवीकरण नभएको बारले जनाएको छ ।
बारको निर्वाचनमा प्रगतिशील र बृहत् लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे अध्यक्षको उम्मेदवार हुन् ।

प्रतिक्रिया