पायल्स के हो ?

मलद्वार र मलाशय वरपरको नसा सुन्निने रोगलाई नै पायल्स भनिन्छ।
पायल्सका लक्षण :
१. मलद्वारको वरिपरि चिलाउने, सुनिने, दुख्ने र गाँठा पलाउने ।
२. दिसा गर्दा जलन हुने ।
३. रगत आउने ।
४. अनायसै दिसा चुहिने ।
पायल्स (Piles), फिसर (Fissure) का रोगीहरुको आहार व्यवस्थापन
के नखाने ?
१. माछा, मासु, अन्डा, पनिर ।
२. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, कालो दाल ।
३. मैदाको परिकार (म:म: , चाउचाउ, चाउमिन, थुक्पा, नान, पाउरोटी, बिस्कुट, पप आदि) ।
४. तारेको, भुटेको, सुख्खा खाना ( समोसा, नमकिन, पकौडा, चिप्स, चिउरा, बरगर, पिज्जा, भुटेको मकै) ।
५. अनार, अम्बा, काँचो केरा ।
६. चिया, कफी, मदिरा, धूम्रपान, सुर्ती, चिसो पेय पदार्थ (Cold Drinks), चकलेटस् (Chocolates) ।
के खाने ?
१. सादा दाल, भात, तरकारी, सलाद (गाजर, मुला, काक्रो) ।
२. हरियो तरकारी तथा सागसब्वी प्रशस्त, गेडागुडी, लसुन, प्याज ।
३. फलफूलहरु ( स्याउ, सुन्तला, मेवा, उखु, मौसम, सुकेको अञ्जीर, नासपाती) ।
४. सफा/उमालेर सेलाएको पानी प्रसस्त पिउने ।
प्राकृतिक विधि के छ ?
नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नुपर्छ । दिसा गर्दा बल गर्नु हुँदैन । यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ । रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ ।रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ । दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ । मिठो मसिनो भन्दा खस्रो-मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।
प्रतिक्रिया