पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव, वाग्मतीसहित ३ वटा प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत १५ गते ६:२१

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ भने, प्रदेश १ का पहाडी भू-भागहरूका थोरै स्थानहरु तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया