आईपीएल क्रिकेटमा आज राजस्थान र हैदराबाद खेल्ने
नेपालखोज
२०७८ चैत १५ गते १०:३७

काठमाण्डौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले लखनऊ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । लखनऊ र गुजरात आईपीएलमा नयाँ टोलीका रुपमा यसै सिजनमा प्रवेश गरेका हुन्। आईपीएल टी–ट्वान्टी क्रिकेटमा १० टोली सहभागी रहेका छन्।
सम्बन्धित
प्रतिक्रिया