भूमिहीनलाई लालपुर्जा बाँड्ने समयमा गठबन्धन सरकारले बन्चराे चलायो : ओली

नेपालखोज २०७८ चैत १५ गते १२:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा गठबन्धनले बन्चराे चलाएको आरोप लगाएका छन् ।ओलीले रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ मा निर्माण गरिएको भ्यु टावरको उद्घाटन गर्दै उनले लालपुर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बन्चराे चलाएको बताए ।

उनले भने, ‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, हामी ढाँटेर हिड्दैनौँ, हामीले सुकुम्बासी र भूमी समस्या समाधान गर्न आयोग बनायौँ तर भूमीहीनलाई जग्गा धनी पूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बन्चराे चलायो।’ भ्यु टावर उद्घाटन गर्दै उनले पर्यटकहरुलाई नेपाल भित्र्याउन समेत सबैले लाग्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया