‘प्रथम भिगन सगरमाथा आरोही भिगन फेस्टिभल’ मा ३२ देशका विज्ञ नेपाल आउने

काठमाडाैं । भिगन फेस्टिभलको प्रचारका लागि प्रथम भिगन-सगरमाथा आरोही कुन्तल जोइसर नेपाल आउने भएका छन् । नेपालको पहिलो र ऐतिहासिक वनस्पतिमा आधारित महोत्सव : हिमालयन भिगन फेस्टिभलको प्रचारका लागि उनी नेपाल आउने भएका हुन् ।
उनले दुईपटक सर्वाेच्च शिखर सगरमाथाको सफलतापूर्ण आरोहण गरि सकेका विश्व कै पहिलो भिगन-सगरमाथा आरोही हुन् । विशुद्ध शाकाहारी जीवनशैलीको परिचय, प्रवर्द्धनतथा यसबाट हुने फाइदाहरु जन–मानसमा पुर्याउने लक्ष्य बोकेर ३२ भन्दा अधिक देशबाट १०० भन्दा बढी विज्ञ तथा ज्ञाता हिमालयन भिगन फेस्टिभलमा सहभागी हुने आयोजक सुरेशप्रसाद शर्माले जानकारी दिए ।

नेपाल र भुटानमा संयुक्त रूपमा हुने यो कार्यक्रम नेपालमा भदौ ३० गतेदेखि असोज १ गतेसम्म हुनेछ भने, भुटानमा असोज २ गगेदेखि ४ गतेसम्म हुनेछ । यो फेस्टिभल सर्वसाधारणका लागि निःशुल्क रहने आयोजकले जनाएको छ ।
तर, सिट बुक गर्न इच्छुकका लागि पासहरुको व्यवस्थासमेत प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । फेस्टिभलमा विश्वभरबाट आउने ज्ञाता तथा विज्ञहरुद्वारा सान्दर्भिक विषयमा छलफल तथा कक्षा, भिगन खाना, खाना पकाउन सिकाउने कक्षा, चलचित्र स्क्रिनिङ, फिल्म प्रतियोगिता, फेसन शो, म्याराथन, योगा कक्षा, आदि सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया