ओखलढुंगामा सिभिलको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुंगा रुम्जाटारस्थित यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुुन् ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर वानिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेश सुमन आचार्य तथा सर्वसाधरणको उपस्थिती रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन । बैंकले हालसम्म करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पुर्ण बैंकिङ्ग सेवातथा सुविधाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया