कोलम्बोमा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटेर परराष्ट्रमन्त्री खड्काले के भने ?
नेपालखोज
२०७८ चैत १५ गते १६:५४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा दुई देशका परराष्ट्र मन्त्रीबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको हो ।
विमस्टेक मन्त्रीस्तरीय बैठकको साइड लाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भारतीय विदेशमन्त्री जयशंकरले भेटवार्तामा कनेक्टिभिटी, ऊर्जा, मल तथा स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताएका छन् । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया