समृद्धि फाइनान्समा खाता खोल्दा एनसेलको सिम सित्तैमा
नेपालखोज
२०७८ चैत १५ गते १६:३८

काठमाडौं ।समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिमसँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको छ । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० रुपैयाँको व्यालेन्स सित्तैमा पाँउनेछन ।
नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताएका छन् । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा साखाबाट सेवा प्रवाह गर्दै आएको र साखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि साखा सञ्चालन हुने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया