मंगलबार, वैशाख १६, २०८२

सानिमा बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

नेपालखोज २०७८ चैत १५ गते १७:१८

काठमाडौं । सानिमा बैंकको गोकर्णेश्वर शाखाले चैत १२ गते ग्लोबल मनि वीक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध,काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो । जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैंकको महत्व, बैंकिङ सेवाहरु, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरु, क्यूआर कोड रडिजिटल बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो ।

शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरेकी छन् । बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दे आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २६ कार्यालय र १ सय १४ एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया