कति सम्पत्ति छ पुटिनसँग ?

काठमाडौं । संसारको सबैभन्दा धनी व्यक्ति को हो ? यसको एकमात्र जवाफ एलन मस्क नै हुन्छ । फोर्ब्सको सूचीअनुसार पनि एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । गएको अंग्रेजी महिनाको रेकर्ड अनुसार उनिसँग २३९.३ बिलियन डलर बराबरको सम्पत्ति छ । २०२१ को डिसेम्बरमा एलन मस्कको कुल सम्पत्ति करीब २६६ बिलियन डलर आकिएको थियो ।
एलन मस्क भन्छन् म भन्दा पुटिन धनी
हालैको एक अन्तर्वार्तामा एलन मस्कले आफु संसारको सबैभन्दा धनी ब्यक्ति नभएको बताए । अमेरिकाको बिजनेस इनसाइडर लाई दिएको अन्तरवार्तामा टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कले भनेका छन – उनको दृष्टिमा संसारको सबैभन्दा धनी ब्यक्ति रूसका राष्ट्रपति भ्लादिमीर पुटिन हुन । एक प्रश्नको जवाबमा मस्कले भनेका छन , ‘मलाई लाग्छ कि पुटिन म भन्दा पनि निकै धनी छन । ‘
एलन मस्कको यो भनाइ सार्वजनिक भए पछि अहिले सबैको ध्यान पुटिनको सम्पत्तिमा केन्द्रीत भएको छ । आखिर पुटिन सँग कति सम्पत्ति छ त ? पुटिन सँग भएको सम्पत्तिको आधिकारिक रेकर्ड कतै उपलब्ध हुँदैन वा छैन । पुटिनको सम्पत्तिको बिबरण एउटा रहस्य नै हो ।
आधिकारिक रेकर्ड अनुसार भ्लादिमीर पुटिन बर्सेनि १ ,४०,००० डलर तलब बुझछन । उनिसँग ब्ल्याक सी स्थित १.४ अरब डलरको महल छ भने करीब ४ अरब डलर बराबरको मोनाको अपार्टमेन्ट पनि छ । यसैगरी उनिसँग ८०० वर्ग फीटको एउटा फ्लाट समेत छ ।
सम्पत्तिसम्बन्धी रहस्य
अन्तर्राष्ट्रिय मीडियामा आएका रिपोर्ट पत्याउने हो भने पुटिन कुल दुई दर्जन घरका मालिक हुन । यसका साथै उनिसँग ५८ वटा विमान तथा हेलीकोप्टर , ७०० कार तथा ५ करोड रुपैयाँ बराबरका दर्जनौं महंगा घडिको कलेक्सन छ । हालै अमेरिकाको तल्लो सदन United States House of Representatives कि सभामुख न्यान्सी पेलोसीले पनि भनेकि थिइन – पुटिन सम्भवत: संसारको सबैभन्दा धनी ब्यक्ति हुन् ।
भ्लादिमीर पुटिन त्यसै पनि संसार कै सर्वाधिक शक्तिशाली ब्यक्ति मध्ये एक हुन । २०१८ मा फोर्ब्सले अरबौंको अनुमानित सम्पत्तिका साथ पुटिनलाई संसारकै दोस्रो सर्वाधिक शक्तिशाली व्यक्तिका रूपमा सुचीकृत गरेको थियो ।
प्रतिक्रिया