सुनचाँदीकै भाउ घट्याे

नेपालखोज २०७८ चैत १६ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि ४ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया