आइतबार, पुष ६, २०८२

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्य चयन

नेपालखोज २०७८ चैत १६ गते १६:३३

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । आज बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्षले आजै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । निवर्तमान अध्यक्ष डा.आत्माराम घिमिरेले व्यक्तिगत कारण देखाउँदै आजै राजिनामा दिएका थिए ।

२०७४ मंसिर २८ गतेबाट संचालनमा आएको उक्त कम्पनीले देशभरका १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट जीवन बिमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया