सुनकाे भाउ बढ्याे, चाँदीकाे घट्याे
नेपालखोज
२०७८ चैत १७ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि १ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया