आइतबार, पुष ६, २०८२

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

नेपालखोज २०७८ चैत १७ गते १४:०७

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदान प्रदान गरेका छन् ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताले दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदान प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया