करिश्माको राजनीतिबाट देशले के अपेक्षा गर्ने ?

नेपालखोज २०७८ चैत १९ गते १२:०७

करिश्मा मानन्धरले पदको लाभ लिनलाई राजनीतिमा प्रवेश गरिन् भनेर जति सामाजिक सन्जाल तताए पनि करिश्मा मानन्धरलाई केही फरक पर्ने वाला छैन, उनले ति पद प्राप्त गरेरै छाड्ने छिन् अर्थात दिइनेछ । यो देशमा जति नै योग्य भए पनि कुनै न कुनै दलमा प्रवेश गरेर नेताको फेर नसमाई योग्यताले मात्र केही नाप्दैन ।

यहाँ योग्यता भनेकै दलको मान्छे हुनु हो । उनी अध्यक्ष ओलीसँगै एउटै मोटरमा बसेर सभा सम्मेलनमा जाने अनि उपाध्यक्ष, महासचिव लगायतका नेतासँगै मन्चमा भाषन गर्ने हैसियतमा अहिल्यै पुगि सकिन र ? भनेर कुनै कार्यकर्ताले प्रश्न उठाउदैनन् बरु उल्टै उनैलाई नेता मानेर पुराना कार्यकर्ता उनको चाकरीमा जान्छन्, नेताको आशिर्वाद पाएपछि त्यस्तो हुन्छ ।

यो ब्रम्ह ज्ञान अनुभवले उहिल्यै सिकाएको हो तर व्यवहारमा उतार्न स्वाभिमानले दिएन । पेशागत मर्यादा भनेर बसियो । सहयोग पाइएन भनेर कहिले मामा रिसाए कहिले काका तर अहिले लाग्छ वेवकुफि गरिएकै रहिएछ। उहिले एउटाको नेताको फेर समाएको भए अहिले राजनीतिक नियुक्ति त फालाफाल पाइन्थ्यो होला । करिश्माले बेलैमा बुद्धि पुर्याइन् । अहिले गाली खाएर के गर्नु पदमा पुगे पछि उनैको वाहवाहि हुन्छ । आखिर सबैभन्दा ठुलो कुरा पद नै रहेछ । को कसरी पुग्यो कसले प्रश्न उठाउने ? टेलिभिजन पत्रकार पुनम पौडेलको यो फेसबुक स्ट्याटस आएका केही प्रतिक्रिया :

हो सहि भनाइ हो पुङ न पुच्छरका व्यक्ति दलमा जानु र न जानुले कुनै अर्थ राख्दैन । भ्रष्टहरुको संजालमा जाँदा मौकामा चौका हान्न पाइएला पदको राम्रा अवसर आउलान् । देश र विकास प्रेमी त यसरी कुख्यात अपराधीहरुसँग जोडिएको पाइएको छैन अब यी भ्रष्टहरुसँग जाने नै त्यस्तै हुन्। नरेश कार्की

एकदम भित्री वास्तविक, यथार्थता । इन्दिरा श्रेष्ठ

त्यही त लालसलाम भन्दिए सकिगोनी ! प्रश्न के को लागि गर्ने ? विचरा वषौदेखी कार्यकर्ता भएर हिड्नेहरुको पालो कहिल्यै आउदैन । अनुभब र ज्ञानले केही हुँदैन । करिश्मा दिदिले जे गरिन् बुद्धि पुर्याएर गरिन् चाहिँ भन्दिन तर ठिकै गरिन् । सबु गदाल कार्की

सल्लाहकारका लागि अफर आउला जस्तो छ । गीता मैनाली

हो, सबैभन्दा ठूलो पद नै रहेछ । को कसरी पुग्यो हिसाब नराख्ने नै रहेछन् । मिलन विछोड बालाई पार्टीका योग्य क्षमतावान् र त्यागी नेता/ कार्यकर्ता मन पर्दैनन् त्यसैले उहाँ जस्तालाई अवसर आयो, पार्टीमा विचार नीति केही छैन । राजेश्वर निरौला

पद मात्रै ठूलाे होइन पुनमजी आत्मसम्मान र सन्तुष्टी ठूलो कुरा हो । दुर्गा भण्डारी

भन्नाले पीडा बोल्यो हजुरको । धनराज फुयाँल

कस्तो ब्रम्हज्ञान पुनम ! सबै पत्रकारिताको कमाल हो कि के हो ? कविता शाह

तीतो सत्य यही हो, हामीमा स्वभिमान भिलेन बनेर आइदियो l मामा रिसाए रिसाउन् … । हिमाल सागर तिम्सिना

विज्ञापनदेखि राजनीतिक दलमा समेत नारीलाई प्रदर्शनको पात्र बनाएको जस्तो लाग्यो भन्दा म गलत हुने छैन । होइन भने अध्यक्षलेसँगै गाडीमा लिएर जाने अनि उनीभन्दा माथिल्लो पदका नेता पार्टिमा छँदाछँदै एउटै मञ्चमा भाषण दिन लगाएर भोट बटुल्ने अभियान चलाउनुलाई कसरी बुझ्ने ? राजनितिमा सबै सम्भव हुने रहेछ । अनन्त बज्राचार्य

तितो सत्य ! दिनप्रतिदिन नेपाली नागरिकताको भन्दा पनि दलको सदस्यताको महत्त्व र आकर्षक बढ्दै जानु दुर्भाग्य !! सृजन ताम्राकार

होनि अहिले यस्तै खेल देखिदैछ बजारमा । पुनम पाठक फेर समाउने र नसमाउने सबैलाई शुभकामना । केदार प्याकुरेल

हाम्री सुर्जे कुमारी दिदी एक वर्षपछि चन्द्र कुमारी बनेर अर्कैमा जान्छिन् । पान्डे दिपक राज

तर म तपाइलाईं बढी इज्जत गर्दछु करिश्मालाई भन्दा । म करिश्मा भन्दा तपाईंहरु जस्ता बौद्दिक र प्रोफेशनलसँग बहस गर्न मन पराउँछु । तर तपाईंहरु किन रिजेक्ट गरिरहनु हुन्छ थाहा भएन । सुरेश शर्मा

दिदी अब छिट्टै समानुपातिक सभासद भएको पनि देख्न पाइनेछ । बम बहादुर राना

सृजनशीलता सकिए पछि मान्छे आफ्नो क्षेत्र, व्यवसायभन्दा बाहिर जान खोज्छ ! जसले जहाँबाट अलिकति ख्याति आर्जन गर्यो उसले अबको बाँकी जीवन त्यहि क्षेत्रमा आफ्नो अनुभव ज्ञान मार्फत देश र समाजको विकासका लागि योगदान दिन सक्नु पर्ने थियो ! तर दुर्भाग्य अब करीश्माको राजनीतिबाट देश र जनताले के अपेक्षा गर्ने ? न विचार छ न कुनै सिद्धान्त, कहिले यता कहिले ऊता ! कुनै राजनीतिक दलका लागि केवल शो पिस ! उनको महत्व अब त्यती ! भविष्यमा उनको पहिचान के होला ? एउटी सफल नायिका वा असफल राजनितीज्ञ ? राजेश्वर निरौला

प्रतिक्रिया