पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता,आइतबारदेखि विक्री–वितरण सहज
नेपालखोज
२०७८ चैत १९ गते २१:३६

काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । आज नेपाल आयल निगम तथा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच भएको वार्ता तथा छलफल सहमतिमा टुंगिएको हो ।
निगमका प्रवक्ता बिनित मणि उपाधयायले विज्ञप्तीमा जारी गर्दै उक्त कुराको जानकारी गराइएको छ । ‘शनिवार भएको छलफलमा सहमति बमोजिम पेशा गरिएका मागहरु मध्ये बुँदा नम्बर ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धि तथा बुँदा नं.६ को एलपी.ग्यासको ढुवानी भाढा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसंग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ गतेसम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भयो, जारी विज्ञप्तिमा भनिएको छ ।
व्यवसायीसँग सहमति भएसँगै आइतबारदेखि पेट्रोलियम पदार्थको विक्री वितरण सहज हुने भएको छ ।

सम्बन्धित

प्रतिक्रिया