सोमबार, वैशाख १५, २०८२

ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल सेन्ट्रल प्लाजामा १५ प्रतिशत छुट

नेपालखोज २०७८ चैत २० गते १८:५८

काठमाडौं । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गरेका हुन् ।

बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवाहरुमा थप छुट दिन सो सम्झौता गरेको हो। होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँच तारे होटल हो । यस सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया