मंगलबार, मंसिर २५, २०८१

प्राइमलाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त

नेपालखोज २०७८ चैत २१ गते २३:००

काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गरेको छ ।

आजैदेखि लागु हुनेगरी दाहाललाई नियुक्त गरिएको हो । दाहालले २० बर्ष भन्दा बढी बंैक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गरिसकेका छन् । प्राइमलाइफ इन्स्योरेन्स २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको हो ।

मजबुत सुरुआतसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बिमा कम्पनीको परिचय बनाएको छ ।

कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यवसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बिमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ ।

प्रतिक्रिया