नियन्त्रणबाहिर बर्डफलू, लकडाउनको तयारीमा विभाग

नेपालखोज २०७८ चैत २१ गते १७:१४

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणबाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ ।

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रण बाहिर गएको बताए ।
उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग, प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए ।

कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ । पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको पनि उनले प्रष्ट पारे ।

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागको अनुगमन फितलो भएको बताए । उनले भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखेको तर त्यसको नजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेचीरहेको अवस्था रहेको हुँदा त्यसलाई बन्द गर्नु मात्र समस्याको समाधन नभइ व्यावसायी पनि रहने खालको संयन्त्र बनाएर नियन्त्रणमा लाग्न सुझाब दिए ।

त्यस्तै, पोल्ट्री विज्ञ एवं नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा.उमेश दाहालले अहिले कुनै पनि व्यवसायीले आफ्ना कुखुरा मरेका छैनन् भनेर अछुतो नबनि भोलिका दिनमा यस्तै अवस्था आए कुनै पनि कुखुरा नरहन सक्नेतर्फ संकेत गर्दै विभागलाई खाली सल्लाह मात्र नगरि चाँडै एक्सनमा उत्रिन सुझाव दिए ।

प्रतिक्रिया