सोमबार, मंसिर १७, २०८१

बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालखोज २०७८ चैत २१ गते २०:११

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ ।

उक्त कार्यक्रममा सोही भू-भागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो । ग्रामिण भू-भागमा बसोबास गर्ने गर्नेहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने उद्देश्यले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको थियो ।

बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिए ।

साथै, हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भू-भागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका छन् । बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया