सोमबार, जेठ ७, २०८१

अटो-रिक्सा बजारमा एटम

नेपालखोज २०७८ चैत २२ गते ११:४७

काठमाडौं । इलेक्ट्रिक वाहनको माग तथा क्रेज बढ्दै गएको छ । अहिले विभिन्न कम्पनीका साथ उपभोक्ताहरु पनि इभीप्रति आकर्षित छन् । ठूला वाहन निर्माताहरुका साथ ठूला-साना स्टार्टअप कम्पनीहरु पनि अहिले इलेक्ट्रिक भेइकल्सको बजार समात्न प्रतिस्पर्धा गरिरहेका छन् ।

यसक्रममा भारतको अग्रणी भेइकल उत्पादक महिन्द्रा एन्ड महिन्द्रा पनि पछाडि छैन । महिन्द्राले पुणेमा चलिरहेको अल्टरनेट फ्युल कन्क्लेभ २०२२ मा इलेक्ट्रिक वाहनहरुको नयाँ रेन्ज प्रस्तुत गरेको छ । महिन्द्रा इलेक्ट्रिकका यो नयाँ रेन्जमा ट्रेओ अटो, ट्रेओ जोर डेलिभरी भ्यान, ट्रेओ टिपर तथा ई-अल्फा मिनी टिपरका एटम क्वाड्रिसाइकिल पनि छ । इलेक्ट्रिक थ्री ह्‌विलर सेगमेन्टमा महिन्द्राको मार्केट सेयर ७३ प्रतिशतभन्दा बढी छ र यो भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक थ्री ह्‌विलर उत्पादक हो ।

महिन्द्रा एटम क्वाड्रिसाइकिल
इलेक्ट्रिक पावरयुक्त महिन्द्रा एटम क्लिन इनर्जीका साथ आरामदायक र स्मार्ट फिचर्सले सुसज्जित छ । एटमका साथ महिन्द्राले इलेक्ट्रिक अल्फा टिपर पनि तयार पारेको छ जुन ई-अल्फा मिनी प्लेटफर्ममा आधारित छ । ई-अल्फा मिनी टिपरमा १.५ किलोवाटको ब्याट्री प्याक उपलब्ध हुन्छ जसले सिंगल चार्जमा ८० किलोमिटरसम्मको माइलेज दिने बताइएको छ । यसको लोडिङ क्षमता ३१० किलोग्राम छ । हालका लागि महिन्द्रा एटमलाई कमर्सियल वाहनका रूपमा लन्च गरिए पनि यसलाई व्यक्तिगत प्रयोगका लागि लन्च गरिन्छ कि गरिँदैन भन्ने जानकारी भने बाहिर आउन सकेको छैन ।

मूल्य कति ?
महिन्द्रा एटम लुक र फिचरमा मात्र होइन मूल्यका हिसाबले पनि पैसा असुल कार साबित हुनेछ । अनुमानअनुसार यसको अन्तर्राष्ट्रिय बजार मूल्य पाँच लाखभन्दा तलै रहनेछ । महिन्द्रा एटमको अधिकतम रफ्तार ५० किलोमिटर प्रतिघण्टा छ । यसलाई फुल चार्ज गर्न पाँच घण्टा लाग्छ । एटम इलेक्ट्रिक क्वाड्रिसाइकिललाई सिंगल चार्जमा १२० किमिसम्म कुदाउन सकिन्छ भने इलेक्ट्रिक अटो-रिक्सा बजारमा यो एउटा राम्रो विकल्प बनेर अगाडि आएको छ ।

प्रतिक्रिया