मंगलबार, मंसिर १८, २०८१

बढे किप्टोकरेन्सीका लगानीकर्ता

नेपालखोज २०७८ चैत २२ गते १३:४७

काठमाडौं । क्रिप्टोकरेन्सीमा लगानी गर्ने मानिसहरुको संख्या २०२१ मा निकै तीव्र रह्यो । थपिएका नयाँ लगानीकर्तामा बढी ती देशका थिए जहाँ महँगी दर बढी छ वा त्यहाँको मुद्रा डलरको तुलनामा निकै तल झरेको छ । अमेरिका, दक्षिण अमेरिका तथा एसिया प्रशान्त क्षेत्रमा अहिलेसम्म जति पनि मानिसले क्रिप्टोकरेन्सीमा निवेश गरेका छन् तीमध्ये करिब आधा अघिल्लो वर्ष नै यससँग पहिलोपटक जोडिएका हुन् ।

अर्थात २०२१ मा क्रिप्टोकरेन्सी निकै लोकप्रिय साबित भयो । यो जानकारी अमेरिकी क्रिप्टोकरेन्सी एक्सचेन्ज जेमिनीको नयाँ सर्वेक्षणबाट प्राप्त भएको हो । उक्त सर्वेक्षण नोमेम्बर २०२१ देखि फरवरी २०२२ बीचमा सम्पन्न गरिएको थियोे । यसमा करिब २० वटा देशका ३० हजार मानिस सहभागी थिए ।

यो सर्वेक्षणले के स्पष्ट पार्छ भने २०२१ क्रिप्टोकरेन्सीका लागि जोरदार रह्यो । रिपोर्टमा क्रिप्टोमा यस्तो बम्पर लगानीको कारण सम्बन्धित देशमा बढेको महंगी भएको बताइएको छ । खासगरी महँगी बढ्ने र मुद्राको भ्यालु घटने क्रममा क्रिप्टो लगानीको लोकप्रिय माध्यम किन बन्यो भने मानिसहरु लगानीको यस्तो अवसरको खोजीमा थिए जसले महंगीको तुलनामा राम्रो प्रतिफल प्रदान गरोस् ।

जेमिनीको रिपोर्टअनुसार ब्राजिल र इन्डोनेसिया क्रिप्टोकरेन्सीको यो लगानिमा अग्रणी रहे । यी दुवै देशमा सर्वेक्षणका क्रममा जति पनि मानिस सँग कुरा गरियो तीमध्ये ४१ प्रतिशतले क्रिप्टोमा लगानी गरेका थिए । अमेरिकामा यो तथ्यांक २० प्रतिशत तथा ब्रिटेनमा १८ प्रतिशत मात्र थियो ।

जेमिनीको रिपोर्टअनुसार गएको अंग्रेजी वर्ष क्रिप्टोमा लगानी गर्नेहरु मध्ये करीब ८० प्रतिशतले डिजिटल मुद्रामा लाम‍ो समयसम्म लगानी गरिरहन सकिने सम्भावना भएकाले पनि आफू यसप्रति आकर्षित भएको कुरा बताएका थिए । जुन देशमा डलरको तुलनामा आफ्नो मुद्राको भ्यालु निकै घटेको छ ती देशमा क्रिप्टोमा लगानीको आकर्षक अन्य देशको तुलनामा पाँच गुणा बढि छ ।

मानिसहरुले क्रिप्टोलाई महँगीविरुद्ध लड्ने हतियार नै माने जस्तो देखिन्छ । सर्वेक्षणमा सहभागि अमेरिकाका १६ तथा युरोपका १५ प्रतिशत मानिसले मात्र महंगीबाट जोगिन क्रिप्टोमा लगानी गर्ने कुरा गरे । जबकी भारत तथा इन्डोनेशिया जस्ता देशमा महंगीसँग जुध्न क्रिप्टोमा लगानी गरेको बताउनेहरु ६४ प्रतिशत थिए । बितेका पाँच वर्षमा भारतीय रुपैयाँ यूएस डलरको तुलनामा १७.५ प्रतिशत कमजोर भएको छ भने २०११ देखि २०२० को बीच इन्डोनेशियन रुपैयाँ डलरको तुलनामा ५० प्रतिशत तल झरेको छ ।

सर्वेका क्रममा युरोपका केवल १७ प्रतिशत सहभागिले क्रिप्टोमा पहिलेदेखि नै लगानी गरिआएको बताए भने ७ प्रतिशतले त्यस्तो लगानीको इच्छा नभएको जनाए । कोइनगीको का अनुसार चर्चित क्रिप्टोकरेन्सि बिटक्वाइनको मूल्य गएको नोमेम्बरमा रेकर्ड ६८ हजार डलरसम्म पुगेको थियो भनेे त्यसका कारण यो क्रिप्टोकरेन्सीको समग्र मूल्यांकन ३ ट्रिलियन डलरभन्दा बढि आँकलन गरिएक‍‍ो थियो । २०२२ मा यसको कारोबार ३४ हजारदेखि ४४ हजार डलरको बीचमा हुँदै आएको छ ।
-रोएटर्स

प्रतिक्रिया